काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी निर्मला पन्त र बैतडीकी भागरथी भट्टका हत्यारालाई पानी मुनि गए पनि नछाड्ने बताएका छन् । शनिबार बुटवलमा आयोजित आफू निकट कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै ओलीले हत्यारा विश्वको जुनसुकै कुनामा गएपनि समातिने बताएका हुन् ।
“सरकारको बदनाम गर्न केही अपराधीहरु क्रियाशील भएको देखिन्छ,' प्रधानमन्त्री ओलीले भने, 'निर्मला हत्याकाण्ड र भागरथी हत्याकाण्डका अपराधीहरुलाई पानी मुनि गए पनि छोडिनेछैन ।'
यस्तै उनले केही समयभित्रै बैतडीकी भागरथी भट्टका हत्यारालाई कठघरामा ल्याएर कारवाहीको दायरामा ल्याउने पनि दाबी गरे ।
प्रतिक्रिया