धनुषाः नेपाल पत्रकार महासङ्घकाे बुधबार भएको निर्वाचनमा धनुषामा मनिका झा विजयी भएकी छिन्। मनिका ५० मतसहित महासंघको जिल्ला शाखा अध्यक्षमा विजयी भएकी हुन्।
मनिका अध्यक्षका प्रत्यासी पुरन गुप्ता, राजन सिंह, धर्नेन्द्र झा, नित्यानन्द मण्डल र अर्जुन क्षेत्रीलाई हराउँदै जिल्ला शाखा अध्यक्षमा विजयी भएकी हुन्।
अन्नपूर्ण पोष्ट दैनिकमा आवद्ध मनिका प्रेस संगठनकाे तर्फबाट उम्मेद्वार बनेकी थिइन्। मनिकाकाे नेतृत्वमा उपाध्यक्षमा अवधेश कामत, महिला उपाध्यक्ष नेहा झा, सचिव बटुकनाथ झा, सह-सचिवमा निरन्जन साह, सह-सचिव समावेशीतर्फबाट गोविन्द महतो, कोषाध्यक्ष राजकमल सिंह चयन भएका छन्।
प्रतिक्रिया