लेटेस्ट न्युज
advertisement1

नेपाली जनताले गणतन्त्रमा गौरव गर्ने भएकाले मुलुक पश्चगमनमा जाँदैन : महासचिव चन्द

Maryada News 2025-03-28 15:08:08
नेपाली जनताले गणतन्त्रमा गौरव गर्ने भएकाले मुलुक पश्चगमनमा जाँदैन : महासचिव चन्द

काठमाण्डू, नेपाल कम्युनिस्ट पार्टीमा महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल पश्चगमनमा नफर्किने बताएका छन् ।

नेपाली जनताले गणतन्त्रमा गौरव गर्ने भएकाले मुलुक पश्चगमनमा नजाने बताएका हुन् ।

गणतन्त्र भित्रका समस्या समाधान गर्दै जानुपर्ने भन्दै वर्तमान समस्या कुनै सामन्तले समाधान गर्न नसक्ने बताए । ‘

म राजवादीहरूलाई भन्न चाहन्छु, हामीलाई सामन्तको खाँचो छैन् । नेपाली जनताले बलिदान गरेर ल्याएको गणतन्त्रमा गौरव गर्ने भएकाले फेरि सामन्तको शासन स्वीकार गर्ने छैनन्,’ उनले भने ।

गणतन्त्रभित्रका कमजोरीको सुधारमा राजनीतिक दलहरू अघि बढ्नुपर्ने उनले बताए ।

अग्रगामी शक्तिले नयाँ ढङ्गले सोच्नुपर्ने बेला आएको छ । हामी सच्चिनुपर्ने बेला आएको छ ।

हामी सामन्ती शासनमा फर्किने होइन मुलुकलाई समाजवादीको बाटोमा अग्रसर गराउन अघि बढ्नुपर्छ,’ उनले भने ।

राजावादीहरूको आन्दोलनलाई साधरण ठान्न नहुने उनले बताए । ‘राजा पुर्नस्थापनाको आन्दोलनलाई केही पनि होइन भन्नु हुँदैन् ।

यसमा केही षड्यन्त्र भएका हुनसक्छन् । त्यसलाई पररास्त गर्नुपर्छ,’ उनले भने ।

मुलुकलाई समाजवादमा लाँदै मुलुकलाई समृद्धिको बाटोमा लान अग्रगामी शक्तिहरू सक्षम रहेको उनले बताए ।

नेपालको रूपान्तरणका लागि अब नयाँ ढङ्गले लाग्नुपर्ने बताए । जनताको स्वाभिमानको सम्मान र समृद्धि सुनिश्चित हुने मुलुक निर्माणमा अघि बढ्नुपर्ने उनले बताए ।

अग्रगमनको यात्राका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्