लेटेस्ट न्युज
advertisement1

सर्वोच्चका न्यायाधीशहरु नियमित इजलासमा फर्किए

Maryada News 2021-11-19 17:33:08
सर्वोच्चका न्यायाधीशहरु नियमित इजलासमा फर्किए

काठमाडौँ : सर्वोच्च अदालतका न्यायाधीशहरु नियमित इजलासमा फर्किएका छन् । बिहीबारको फुल कोर्ट बैठकले गोलाप्रथाबाट पेशी तोक्ने निर्देशिका पारित गरेसँगै न्यायाधीशहरु काममा फर्किएका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले शुक्रबारका लागि तोकेका सबै इजलासमा मुद्दाको सुनुवाइ भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश जबराले शुक्रबार आफूलाई बाहेक एउटा एकल र ९ वटा संयुक्त गरी १० वटा इजलास तोकेका थिए ।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलास भने बस्न नसकेको अदालतले जनाएको छ । नेपाल बार एसोसिएसनको अगुवाइमा आन्दोलनरत कानुन व्यवसायीहरुले भने प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आफूहरु इजलासमा बहस नगर्ने बताएका छन् ।

उनीहरुले शुक्रबार पनि सर्वोच्चको मूल गेटमा धर्ना दिएका थिए । सो क्रममा प्रहरीसँग केहीबेर घम्साघम्सी पनि भएको थियो ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्