लेटेस्ट न्युज
advertisement1

नियुक्ति प्रकरण : उपराष्ट्रपति र सभामुखले गरे वहिष्कार, आयुक्त जाेशीले दिए राजीनामा

Maryada News 2021-02-03 18:33:29
नियुक्ति प्रकरण : उपराष्ट्रपति र सभामुखले गरे वहिष्कार, आयुक्त जाेशीले दिए राजीनामा

काठमाडाैं । कामचलाउ सरकारमा परिणत भएकाे केपी शर्मा ओली नेतृत्वकाे मन्त्रीमण्डलले नियुक्त गरेकाे संवैधानिक आयाेगका पदाधिकारीहरूकाे शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकाेटा उपस्थित भएनन्। 

सभामुख सापकोटाले गत आइतबारै संवैधानिक आयोगहरूमा गरिएको नियुक्ति सिफारिसप्रति असहमति जनाउँदै त्यसको सक्कल प्रति नै संवैधानिक परिषदमा फिर्ता पठाइदिएका थिए। 

गत पुस ५ मा संवैधानिक परिषद्ले संवैधानिक आयोगको रिक्त पद पूर्तिका लागि आवश्यक संसदीय सुनुवाइ गर्न पत्र संसद सचिवालय पठाइएको थियो। प्रधानमन्त्री आफैंले प्रतिनिधि सभा विघटन गरिसकेको र संसदीय सुनुवाइ समिति पनि प्रतिनिधि सभाकै हिस्सा भएकाले सुनुवाइ गर्न नमिल्ने सापकोटाको तर्क थियो।

यता उपराष्ट्रपति पुन वैचारिक हिसावले आन्दाेलनरत प्रचण्ड-माधव खेमाप्रति नजिक भएकाले उनी पनि आजकाे शपथ कार्यक्रममा उपस्थित भएनन्। 

निर्वाचनकाे मात्र जिम्मेवारी बाेकेकाे सरकारले संवैधानिक आयाेगमा गरेकाे निर्णयलाई धेरैले प्रधानमन्त्री ओलीकाे एकलाैटी निर्णय र तानाशाही प्रवृत्ती मानेका छन्।

अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगका कार्यवाहक प्रमुख आयुक्त्त गणेशराज जाेशीले त आज आयाेगमा प्रमुख आयुक्त र अन्य दुई आयुक्त  नियुक्त भएलगत्तै राजीनामा दिएका छन् । यसअघिका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले अवकाश पाएपछि जाेशीले कार्यवाहक प्रमुख आयुक्तकाे जिम्मेवारी पाएका थिए। 

प्रधानमन्त्री निकट मानिएका प्रेमकुमार राई अख्तियारको प्रमुख आयुक्त तथा किशोरकुमार सिलवाल र जयबहादुर चन्द आयुक्तकाे रुपमा आयाेग प्रवेश गर्नासाथ जाेशीकाे राजीनामा आउनुलाई अर्थपूर्ण तरिकाले हेरिएकाे छ।  

कामचलाउ सरकारमा परिणत भएकाे र संसदीय सुनुवाइ गर्ने संयन्त्र बिना ओली नेतृत्वकाे सरकारले संवैधानिक आयाेगमा कुनै नियुक्त गर्न नपाउने भन्दै सर्वाेच्च अदालतमा मुद्दा विचाराधिन रहेकाे छ। 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्