लेटेस्ट न्युज
advertisement1

संविधानमा भएका कमजोरी सच्याउँदै उत्कृष्ट बनाउनुपर्छ : निधि

Maryada News 2021-09-19 18:47:09
संविधानमा भएका कमजोरी सच्याउँदै उत्कृष्ट बनाउनुपर्छ : निधि

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नयाँ संविधानलाई परिस्थितिजन्य बाध्यताको संज्ञा दिएका छन् । दोस्रो संविधानसभाबाट पनि संविधान नबनेको भए नेपाल असफल राष्ट्र बन्ने खतरा रहेको दावी गर्दै उपसभापति निधिले परिस्थितिबस् अहिलेको संविधान जारी भएको बताए ।

‘परिस्थिति कस्तो बन्यो भने मुलुकमा संविधान नै नबन्ने खतरा बढ्यो । दुई पटक संविधानसभाले संविधान बनाउन सकेन भनेर नेपाली जनताको निर्णय क्षमतामाथि प्रश्न उठ्ने अवस्था आयो,’ निधिले भने, ‘बरु एक थान संविधान भएपनि बनाउनुपर्छ भन्नेमा हामी गयौं । संविधान बनाउन नसकेको भए नेपाल असफल राष्ट्रमा पर्थ्यो ।’

आइतबार काठमाडौंमा संविधान दिवसका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले संविधानसभाबाट संविधान निर्माण हुनुले नेपाल र नेपाली जनताको सार्वभौमिकता पुष्टि भएको बताए । संविधानमा भएका कमजोरी सच्याउँदै उत्कृष्ट बनाउनुपर्नेमा उनको जोड थियो ।

‘हामी उत्कृष्ट संविधान बनाउन चाहन्थ्यौं तर परिस्थितिले एक थान मात्रै भएपनि संविधान बनाउनुपर्नै अवस्था आयो,’ उनले भने, ‘अब यो संविधानलाई कसरी उत्कृष्ट बनाउने भन्नेतर्फ हामी केन्द्रीत हुनुपर्छ ।’ उनले सबै राजनीतिक दलले संविधानप्रति अपनत्व लिनुपर्ने उल्लेख गरे ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्