काठमाडाैंः नेकपा एमालेको संसदीय दलको बैठक शुरु भएकाे छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएकाे हाे।
यसअघि आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसाे १ बजेमात्र बसेकाे हाे। सूर्य चिह्नबाट निर्वाचनमा भाग लिएका सबैलाई बैठकमा बोलाइए पनि माधव नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आज पनि जारी रहेकाले साे समूहका सांसद बैठकमा सहभागी छैनन्।
आजको बैठकमा ओली पक्षका सांसदहरु मात्र उपस्थित रहेका छन्। बैठकमा सहभागी हुन आएका माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदहरू पनि बाटैबाट राष्ट्रिय भेलामा सहभागी हुन फर्किएका थिए।
प्रतिक्रिया