काठमाडौँ : सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले पारित गरेको निर्देशिका कानुन मन्त्रालयमा पठाइने भएको छ । सर्वोच्च अदालत प्रशासनका अनुसार बिहीबारको फुलकोर्टले नियमावली संशोधन गर्दै त्यसलाई आवश्यक प्रक्रिया अघि बढाउन कानुन मन्त्रालयमा बिहीबारै पठाउने निर्णय गरेको हो ।
बैठकले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गरेको थियो । सर्वोच्च अदालतको पूर्ण बैठकले नियमावली संशोधन गरेको र निर्देशिका समेत पास भएको एक न्यायाधीशको भनाइ छ ।
सर्वोच्च स्रोतका अनुसार नियमावलीको नियम २० मा रहेको निर्देशिका परिवर्तन गरिएको हो । यो निर्देशिका अब कानुन मन्त्रालयबाट प्रक्रिया अघि बढेपछि राजपत्रमा प्रकाशित गरिनेछ ।
प्रतिक्रिया