काठमाडाैं । कोरोनाविरुद्धको भ्याक्सिन लगाएर नेपाल आउने पर्यटकहरू निर्वाध रुपमा घुम्न पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषद्मा लैजाने तयारी गरेका एक प्रस्तावमा भ्याक्सिन लगाएर आउनेहरूलाई विनाअवरोध घुम्न पाउने व्यवस्था गरिने उल्लेख छ ।
साे प्रस्ताव मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि नेपाल आउने पर्यटक विना अवराेध घुम्न पाउने छन् । यस्तै भ्याक्सिन नलगाएका, तर पिसिआर रिपोर्ट नेगेटिभ लिएर आउनेहरूलाईपनि क्वारेन्टिनको व्यवस्था नगरिने अर्को प्रस्तावसमेत मन्त्रिपरिषदमा लैजाने तयारी गरिएकाे छ ।
प्रतिक्रिया