लेटेस्ट न्युज
advertisement1

पत्रकार अधिकारीको कोरोना सङ्क्रमणबाट मृत्यु 

Maryada News 2021-04-22 10:25:34
पत्रकार अधिकारीको कोरोना सङ्क्रमणबाट मृत्यु 

दाङ : दाङका पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मङ्गलबार राति काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । अधिकारीले चैत २५ गते नेपाल पत्रकार महासङ्घ दाङमा निर्वाचनमा मतदान गरेका थिए  । चैत २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । 

स्वास्थ्य अवस्था बिग्रँदै गएपछि वैशाख ३ गते अधिकारीलाई हेलिकप्टर चार्टर्ड गरी थप उपचारका लागि काठमाडौँ लगिएको थियो । गोरक्ष राष्ट्रिय दैनिक दाङमा लामो समयदेखि कार्यरत अधिकारी पछिल्लो समयमा व्यवसायमा पनि संलग्न थिए। परिवारका एक्ला छोरा अधिकारीका श्रीमती, एक छोरा र छोरी छन् ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्