काठमाडौं : बलात्कारपछि हत्या गरिएको बैतडी चडेपानीकी १७ बर्षीया किशोरी भागरथी भट्टको घटनामा प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गर्दै महिला कानुन व्यवसायीहरुले गृहमन्त्री राम बहादुर थापा बादललाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल बार एसोसिएसन महिला समितिका पदाधिकारीहरुले मंगलबार गृहमन्त्री थापालाई भेटेर भागरथीका हत्यारालाई अनुसन्धान गरी कानुनको दायरामा ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
महिला कानून व्यवसायीहरुले घटनाको अनुशन्धान कमजोर नगर्न समेत गृहमन्त्री थापासमक्ष माग गरेका छन् । बालबालिका तथा महिलाहरुमाथि भैरहेको श्रृंखलावद्ध बलात्कारको घटना, लात्कारपछिको हत्या र बलात्कारीलाई कानूनी कारबाही भित्र ल्याउनुको सट्टा बलात्कारी र हत्यारा पत्ता लगाउनै नसक्नुले राज्यसंयन्त्र नागरिकको जीवन रक्षाको दायित्वप्रति लापर्बाह भएको पुष्टि भएको समेत महिला कानून व्यवसायीहरुले बताएका छन् ।
प्रतिक्रिया