लेटेस्ट न्युज
advertisement1

नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख सहयाेग गर्ने

Maryada News 2021-03-19 13:33:02
नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख सहयाेग गर्ने

काठमाडाैंः मस्तिष्क घात भइ उपचाररत कांग्रेस नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जाेशीकाे उपचारमा सरकारले रू १० लाख रूपैयाँ सहयाेग गर्ने भएकाे छ। 

जाेशीकाे स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगेका सरकारका उपप्रधानमन्त्री ईश्वर पाेखरे‍लले सरकारले जाेशीकाे उपचारमा १० लाख सहयाेग गर्ने बताएका हुन्। 

गत फागुन १४ मा मस्तिष्क घात भएपछि जोशीलाई वीर अस्पताल लगिएकाे थियाे। वीरमा उपचार सम्भव नभएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएको थियो।

जाेशी स्वास्थ्य अवस्था अझै गम्भीर नै रहेकाे र भेन्टिलेटरमा राखेर उपचार भइरहेकाे अस्पताल स्राेतले जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्