लेटेस्ट न्युज
advertisement1

भारतमा कोरोना संक्रमण बढेपछि नेपाल उच्च जोखिममा 

Maryada News 2021-03-22 20:00:03
भारतमा कोरोना संक्रमण बढेपछि नेपाल उच्च जोखिममा 

काठमाडौं : छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा पनि जोखिम बढ्दै गएको छ। स्वास्थ्य मन्त्रालयले पनि कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सार्वजनिक सभा, र्‍याली, गोष्ठी, बैठक जस्ता कार्य नगर्न आह्वान गरिसकेको छ।  खुला सीमानाका कारण सुदूरपश्चिम प्रदेश भने उच्च जोखिममा परेको छ। समयमै सावधानी नअपनाए अवस्था भयावह हुन सक्ने स्वास्थ्य विज्ञहरूले जनाएका छन्। 

टेकु अस्पतालका संक्रमण रोग विशेषज्ञ अनुप बाँस्तोलाले पनि कोरोना भाइरसको संक्रमण फरक ढंगले भइरहेको भन्दै यसबारे चिन्ता गर्न र आवश्यक मापदण्डको पालना गर्न आह्वान गरेका छन्। रोजगारीका लागि अत्याधिक मानिस भारतमा रहेको र ती फर्किने संभावना प्रवल रहेकाले सुदूरपश्चिम प्रदेश कोरोना संक्रमणको उच्च जोखिममा रहेको जानकारहरू बताउँछन्। सुदूरपश्चिम प्रदेशसँगै नेपालका तराई क्षेत्रमा पनि सङ्क्रमणको जोखिम उच्च रहेको छ।

पछिल्लो २४ घण्टाको कोरोना अपडेट

देशभर पछिल्लो २४ घण्टामा थप एक सय ५० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार चार सय ७२ जनाको कोरोना परीक्षण गरिएकोमा एक सय ५० जनामा सङ्क्रमण पुष्टि भएको हो। 

कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ। हालसम्म कोरोना भाइरस सङ्क्रमित दुई लाख ७६ हजार ५६ पुगेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा ९९ जना सङ्क्रमणमुक्तसमेत भएका छन्। अहिले देशभर एक हजार १७ सक्रिय सङ्क्रमित रहेका छन्।हालसम्म तीन हजार १९ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्