लेटेस्ट न्युज
advertisement1

कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन चैत ६ र ७ गते हुने    

Maryada News 2021-03-18 20:43:06
कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन चैत ६ र ७ गते हुने    

काठमाडौँ : ‘विषम् परिस्थितिमा न्यायमा पहुँच र समानमा : कानून व्यवसायी महिलाकोे प्रबिद्धता’ भन्ने नाराका साथ २९ औँ कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन - २०७७ यही चैत ६ र ७ गते हुने भएको छ ।     
     
नेपाल बार एसोसिएसन महिला समितिले भर्चुअलरुपमा गर्न लागेको सम्मेलनको उद्घाटन सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लले उद्घाटन गर्नुहुनेछ । प्रा डा शशि अधिकारीले कार्यपत्र प्रस्तुत गर्नेछन् । यसवर्ष विपद्, युद्ध र महामारीमा महिलामा नै बढी असर पर्ने भएकाले उनीहरुलाई न्यायमा पहुँच पु-याउने भन्ने विषयमा सम्मेलनमा छलफल हुनेछ ।     
     
बारको महिला समितिले प्रत्येक वर्ष महिलालाई न्यायमा पहुँच कसरी पु-याउने भन्ने विषयमा फरकफरक विषयमा सम्मेलन गर्दै आएको छ । नेपालमा कूल कानून व्यवसायी महिला तीन हजार छन् ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्