लेटेस्ट न्युज
advertisement1

पीडितलाई मलम लगाउँदै एरिना अटो एम्बुलेन्स सेवा

Maryada News 2021-05-09 14:38:42
पीडितलाई मलम लगाउँदै एरिना अटो एम्बुलेन्स सेवा

काठमाडौं : पूर्वी नेपालको लोकप्रयि टेलिभजिन एरिना टीभीले कोरोना महामारी लक्षित एरिना अटो एम्बुलेन्स सेवा सुरु गरेको छ । समाजिक अभियान हाम्रो दायित्व भन्ने मुलमन्त्रका साथ शनिवारबाट एरिना टेलिभिजनले   जनस्वास्थ्यलाई सुरक्षित राख्ने उद्देश्य सहित अटो एम्बुलेन्स सेवा सुरु गरेको हो ।

इटहरी उपमहानगर पालिकाको सहयोगमा स्वास्थ्य सेवाको अभावमा परेकाहरुलाई सहयोग गर्ने योजनाका साथ यो कार्यको थालनी गरिएको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।  इटहरी उमहानगरपालिकाले सेवाका लागि खटाएको दुई ओटा एम्बुलेन्स अपार्याप्त भएकाले अटो एम्बुलेन्स सेवाको शुभारम्भ गरिएको उपमहानगरपालिकाको भनाई छ । 

कोरोनाको बढ्दो संक्रमणसँगै विरामीहरुले एम्बुलेन्स नपाएर भौतारिरहनु परेकाले सो अभावलाई कम गर्न २४ घण्टा अटो एम्बुलेन्सको सेवा दिन थालिएको एरिना टेलिभिजनका प्रबन्ध निर्देशक समिर कार्कीले बताए । अन्य राष्ट्रसँगै नेपाल पनि कोरोनाको जोखिममा परेकाले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर ५ ओटा अटो एम्बुलेन्स सेवाको थालनी गरिएको कार्कीको भनाई छ । 

टेलिभिजन र सञ्चार माध्यम मनोरञ्जनात्मक माध्यम मात्र नभएर सामाजिक सेवाको एक गतिलो माध्यम समेत बन्न सक्ने भन्दै उनले एम्बुलेन्स सेवा सुरु गरिएको टिप्पपणी गरे ।  यसैगरी कोरोना परिक्षण अर्थात पिसिआर टेष्ट गर्न चाहनेहरुले पनि अटो एम्बुलेन्सको सेवा लिन सक्ने बताइएको छ । एरिना अटो एम्बुलेन्स सेवाको शुभारम्भ कार्यक्रममा इटहरी उपमहानगरका उप प्रमुख लक्ष्मी गौतम प्रबन्ध निर्देशक कार्की, इटहरी वडा नम्बर ९ की वडा सदस्य कुमारी न्यौपाने र अटो चालकहरुको स्वास्थ्य मापदण्ड सहित उपस्थिती  थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्