अछामः आफ्ना चार सन्तानसहित कर्णाली नदीमा हामफालेकी ३५ वर्षीया सुकी बडुवालकी कान्छी छाेरी रजनी वडुवालकाे शव मङ्गलबार भेटिएकाे छ। ५ वर्षीया बालिकाकाे शव नौ दिन पछि अछामको तुर्माखाँद गाउँपालिका–३ स्थित कर्णाली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय अछामले बताएकाे छ।
नदी किनारमा बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
गत फागुन २३ मा आमासँगै नदीमा हाम फालेकी उनको शव पोष्टमार्टमका लागि अछामको मंगलसेनस्थित जिल्ला अस्पतालमा पठासकिएको छ।
फागुन २४ गते सुकीका छोरीहरू १४ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव नदीमा फेला परेको थियो। त्यसको भोलिपल्ट सुकी र उनका छोरा १० वर्षीया ललितको शव पनि कर्णाली नदीमै भेटिएको थियो।
भेटिएका शवकाे सामूहिक दाहसंस्कार गरिएको थियो।
प्रतिक्रिया