लेटेस्ट न्युज
advertisement1

बाघ–गैँडाकाे आक्रमणबाट फागुुनमा मात्रै तीनकाे निधन

Maryada News 2021-03-16 14:32:48
बाघ–गैँडाकाे आक्रमणबाट फागुुनमा मात्रै तीनकाे निधन

चितवनः राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र वरपर भएका मानव–वन्यजन्तु द्वन्द्वका घटनामा फागुनमा मात्रै तीन जनाले ज्यान गुमाउनाका साथै चार जना घाइते भएका छन्। 

चितवनको तामासुर पोष्टको जिम्मेवारी क्षेत्रमा फागुन २० गते खेतमा घाँस काटिरहेकी महिलाको गैँडाको आक्रमणबाट मृत्यु भएको नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयले जनाएको छ।

त्यस्तै बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको गेरुवा गाउँपालिका–६ नौलोबाँस इलाका सामुदायिक वनमा भैंसी चराउन गएका लालबहादुर चौधरीको बाघको आक्रमणमा परी निधन भएको छ। बर्दियाकै मधुवन नगरपालिका–३ भगडैयास्थित राष्ट्रिय वनमा घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी २६ वर्षीया रीना सुनारको निधन भएको त्यहाँ तैनाथ देवीदत्तगणले जनाएको छ।

चितवन, बर्दिया र कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रका चार बासिन्दा फागुनमा वन्यजन्तुुको आक्रमणमा परी घाइते भएका छन्। पछिल्लो समय वन क्षेत्रमा अतिक्रमण बढ्दै गएपछि चरन र आहारको खोजीमा जङ्गली जनावर मध्यवर्ती र बस्ती क्षेत्रमा प्रवेश गर्ने क्रम बढेसँगै मानवीय क्षतिका घटनामा वृद्धि भएको जानकारहरूकाे भनाइँ छ।

भरतपुर महानगरपालिका–७ का मङ्गलबहादुुर कुुँवर र रत्ननगर नगरपालिका–७ की फिरला महत गैँडाको आक्रमण तथा बर्दिया गेरुवा नगरपालिका–१ का सरोज कार्की बाघको आक्रमणमा परी घाइते भएको सेनाले जनाएको छ। सुुनसरी बराहक्षेत्र नगरपालिका–११ की कविताकुमारी उराँवलाई पनि खेतमा घाँस काट्न जाने क्रममा अर्नाले हानेर घाइते बनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्