लेटेस्ट न्युज
advertisement1

खत्रीको ‘अस्पताल’ युट्युबमा    

Maryada News 2021-03-13 19:40:44
खत्रीको ‘अस्पताल’ युट्युबमा    

बागलुङ : लोकगायक विष्णु खत्रीको लोकदोहोरी गीत ‘अस्पताल’ डिजिटल बजारमा आएको छ । खत्रीको आफ्नै युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको सो गीतलाई २४ घण्टा नबित्दै ३३ हजार बढी पटक हेरिएको छ । गीतमा गायक खत्री र गायिका शान्तिश्री परियारको स्वर छ । शब्द र सङ्गीतसमेत गायक खत्रीले नै दिएका छन् । दिलीप रेग्मीको निर्देशन रहेको गीतको भिडियोमा कलाकार सारिका केसी, विमल केसीलगायतको अभिनय देख्न सकिन्छ ।     
     
युवायुवतीबीचको वियोगान्त प्रेमलाई गीत र भिडियोमा मार्मिकरूपमा चित्रण गरिएको छ । दुई दशकदेखि नेपाली लोकसङ्गीतमा क्रियाशील खत्रीले यसअघि सयौँ गीतमा स्वर  दिइसकेका छन् ।     
     
नेपाली जनजीवनका भोगाइलाई गीतमार्फत जीवन्त ढङ्गले प्रस्तुत गर्न सफल गायक÷सर्जक खत्रीका ‘भरिया दाइ’, ‘कि लास चाहियो, कि सास चाहियो’, ‘जम्मु कश्मिरमा’, ‘नयाँ जमना’लगायतका गीत धेरै रुचाइएको थियो ।   खत्रीले हालै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा ‘महिला हिंसा’ नामक गीतसमेत सार्वजनिक गरेका  थियो । उक्त गीतले हालसम्म युट्युबमा ४३ हजार ‘भ्युअर्स’ बटुलेको बताइएको छ ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्