काठमाडाैंः महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान साढे ११ बजेसम्म करिब साढे दुई लाख दर्शनार्थीले दर्शन गरेका छन्। बिहानै चार बजेदेखि मन्दिर परिसरमा भक्तजनकाे आउने क्रम शुरु भएकाे थियाे।
बिहान १० बजेपछि भीड अत्याधिक बढेकाे र साढे ११ सम्ममा झण्डै साढे दुई लाखले पशुपतिनाथकाे दर्शन गरेकाे पशुपति क्षेत्र विकास काेषले बताएकाे छ।
कोरोनाको जोखिम कायमै रहे पनि भक्तजन मास्कलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन एवं पूजा आराधनाका लागि मन्दिर पुगेका हुन्। यस वर्ष अन्य वर्षकाे तुलनामा भीड कम भए पनि दर्शनार्थीकाे उत्साह उस्तै रहेकाे विकास काेषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए।
हाल पशुपतिनाथ मन्दिरमा एक घण्टाभित्र दर्शन गरेर फर्कन सकिने गरी व्यवस्थापन गरिएको छ। बिहान भने आधा घण्टामै दर्शन गरेर फर्कन सकिने थियो।
यस्तै यही अनुपातमा दर्शनार्थी आए, बेलुकीसम्म करिब आठ लाख भक्तजनले पशुपतिनाथकाे दर्शन गर्ने अनुमान गरिएको छ। आज राति दर्शनार्थी आएसम्म मन्दिर खुला रहने बताइएकाे छ।
प्रतिक्रिया