लेटेस्ट न्युज
advertisement1

अन्तर्राष्ट्रिय महिला दिवसमा एकल महिला समूहको हाटबजार (फोटो फिचर)

Maryada News 2021-03-09 22:11:55
अन्तर्राष्ट्रिय महिला दिवसमा एकल महिला समूहको हाटबजार (फोटो फिचर)

काठमाडौं : १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसमा एकल महिला समूहले सामाजिक रुपान्तरणमा आधारित अभियानको अभिलेखिकरण कक्ष अवलोकन तथा स्थानीय महिलाहरुले उत्पादन गरेका सामाग्रीहरुको हाटबजार आयोजना गरेको छ । 

संस्थाले नेपालमा दुई दशकदेखि एकल महिलाहरुको सवाल र शसक्तिकरण संग जोडिएका सबै पक्षलाई समेटेर अभिलेखिकरण गर्ने कार्य गर्दै आईरहेको जनाएको छ । अभिलेखिकरण कक्षको उद्योग बाणिज्य तथा आपुर्ती राज्यमन्त्री विमला विकले अवलोकन गर्दै संस्थाले एकल महिलालाई संगठित मात्र नगरी  बाँच्ने आधारसमेत प्रदान गरेकोमा खशी व्यक्त गरिन् । कार्यक्रममा संस्थाका अध्यक्ष कुन्दा शर्माले एकल महिला समूहले सरकारको सहयोगमा टोखामा हर स्टोरी पार्क निर्माण गर्न लागेको जानकारी गराउँदै पार्क महिलाहरुको सुखदु:ख विसाउने थलो हुने बताइन् ।

एकल महिला समुहको कार्यालय हात्तिगौडामा अायाेजित कार्यक्रममा काठमाडौं, भक्तपुर र ललितपुरका एकल महिलाहरुले बनाएका हस्तनिर्मित सामाग्रीका साथै तरकारी अचार लगायतका खानेकुरा विक्रीमा राखिएको थियो ।

माओवादी द्धन्द्धमा श्रीमान गुमाएका देखि कोरोना संक्रमणले आफ्नो परिवार गुमाउन बाध्य महिलालाई आर्थिक रुपमा शसक्त बनाउन एकल महिला समुहले विभिन्न सीपमुलक कामहरु गर्दै आईरहेको छ । संस्थाले २०५२ सालदेखि एकल महिलाहरुको हक हित तथा सशक्तिकरणका लागि वकालत र सामाजिक न्यायका लागि कार्य गर्दैै आईरहेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्