काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ‘माओवादी केन्द्र’को आज बसेको स्थायी कमिटी बैठकले संसद र सरकारबारे नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग छलफल गर्ने निर्णय गरेको छ ।
मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले वार्ता अगाडी बढाउने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
त्यस्तै, बैठकले फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय गरेकोे छ । नेता श्रेष्ठका अनुसार बुधबार भोलि दिउँसो पनि स्थायी कमिटी बैठक बोलाइएको छ ।
प्रतिक्रिया