काठमाडाैंः सर्वाेच्च अदालतमा आज बस्ने संवैधानिक इजलासमार्फत् प्रतिनिधि सभा विघटनकाे मुद्दामा फैसला आउने सम्भावना रहेकाे छ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराकाे नेतृत्वमा बस्ने इजलासले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाकाे फैसला सुनाउन सक्ने सम्भावना रहेकाे बताइएकाे छ।
एमिकस क्युरी तथा पक्ष विपक्षका सबै सुनुवाइ भइसकेकाे र राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीबाट अदालतलाई लिखित जवाफ पनि पेश गरिसकिएकाले आजै फैसला आउन सक्ने प्रबल सम्भावना रहेकाे हाे।
गत जेठ ७ गते मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै आगामी कात्ति
क २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन्। त्यसपश्चात् प्रतिनिधि सभाका एक सय ४६ सांसदहरूले प्रतिनिधि सभा विघटन बदर गर्न र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
प्रधानन्यायाधीश जबराको नेतृत्वमा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई संवैधानिक इजलासमा रहेका छन्।
प्रतिक्रिया