काठमाडौं : विवेकशील साझा पार्टीको नव युवा सञ्जालले सामाजिक न्याय र समावेशिकरण विषयक अन्तर्कृयात्मक बहस चलाएको छ । १११ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबार पार्टी केन्द्रीय कार्यालयमा अन्तर्कृयात्मक बहस सम्पन्न गरेकाे हो ।
अन्तर्कृयात्मक बहसमा पार्टीका सचिवालय सदस्य प्रकाशचन्द्र परियार, मनोविद डा. गंगा पाठक, अधिवक्ता अपेक्षा निरौला, पार्टी नेता समाइरा श्रेष्ठ, रोशनी अधिकारी र अभियन्ता सम्साद अदिल लगायतले सामाजिक न्याय र समावेशीकरणका सवालमा रहेका कानूनी तगारो, यसबारे जारी वकालत र अन्तर्राष्ट्रिय अनुभवहरुबारे आ-आफ्ना धारणा राखेका थिए ।
वक्ताहरुले सामाजिक न्याय र समावेशिताको कार्यान्वयनको सवालमा रहेको जटिलतालाई आत्मसात गर्दै अर्थपूर्ण समावेशिता हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण नव युवा सञ्जालकी लक्ष्मी निरौलाले गरेकी थिइन् ।
प्रतिक्रिया