लेटेस्ट न्युज
advertisement1

प्रधानमन्त्री ओलीले बाेलाए संसदीय दलकाे बैठक

Maryada News 2021-03-07 18:31:08
प्रधानमन्त्री ओलीले बाेलाए संसदीय दलकाे बैठक

काठमाडाैंः प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्। पार्टी एकता प्रक्रिया बदर गर्दै नेकपाकाे नामकाे आधिकारिकता ऋषि कट्टेलकाे दललाई दिने सर्वोच्च अदालतको फैसलालगत्तै प्रधानमन्त्री ओलीले संसदीय दलकाे बैठक बाेलाएका हुन्। 

ओली समूहका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठक सरकारी निवास बालुवाटारमा बोलाइएको छ। 

केही बेरअघि प्रतिनिधि सभाकाे बैठक समयमा शुरु नभएकाे भन्दै प्रधानमन्त्री ओली बालुवाटार फर्किएका थिए। उनी बालुवाटार फर्किए लगत्तै संसदीय दलकाे बैठक डाकेका हुन्। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्