काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको (नेकपा) को तेस्रो वरीयताका नेता धमेन्द्र बास्तोला आज रिहा हुने भएका छन्।
हिजो साझँ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुुवा गरेसँगै गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरिसकेको छ।
मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो।
गृह मन्त्रलायलका प्रवक्ता चक्र बहादुर बुढाले करिब १७० जना विप्लव समूहका कार्यकर्तालाई छाड्न जिल्ला प्रशासन कार्यालयलाइ सर्कुलर जारी गरिएको जानकारी दिए।
मन्त्रालयको निर्देशनपछि काभ्रेमा हिरासतमा रहेका विप्लव समूहका झालाई आजै रिहा गर्ने तयारी रहेको पनि उनले बताए।
प्रतिक्रिया