लेटेस्ट न्युज
advertisement1

सर्वोच्चको फैसलामाथि पुनरावलोकनमा जानेबारे प्रचण्ड-माधव सहमत

Maryada News 2021-03-25 20:21:08
सर्वोच्चको फैसलामाथि पुनरावलोकनमा जानेबारे प्रचण्ड-माधव सहमत

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ ।  बिहीबार कोटेश्वरस्थित नेता नेपालको निवासमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बदर गर्ने सर्वोच्च अदालतको फैसलामा पुनरावलोकनमा जाने बारे छलफल भएको छ । भेटका क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाललाई आफूहरू सर्वोच्चको फैसलामाथि पुनरावलोकनमा जानेबारे जानकारी गराएका थिए। जवाफमा नेपालले आफूहरूको समर्थन रहनेबारे अवगत गराएका बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्