काठमाडौं : सरकारले प्रतिबन्धित नेकपा विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्री राम बहादर थापा बादलको नेतृत्वमा टोली गठन गरेको छ । मंगलबार सरकारका तर्फबाट जारी विज्ञप्तिमार्फत् वार्ताद्वारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको जनाईएको छ ।
सरकारी वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई पनि छन् । यस्तै विप्लव समूहले पनि वार्ता टोली गठन गर्ने तयारी गरेको बुझिएको छ ।
प्रतिक्रिया