काठमाडौं : विभिन्न ६ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा नेपाल आयल निगम घेराउ गर्ने भएका छन्।
अखिल क्रान्तिकारी, अनेरास्ववियु पाँचौं लगायतका ६ संगठनले आज दिउँसो १२ आयल निगम घेराउ गर्ने घोषणा गरेको हो। उनीहरुले मूल्यवृद्धि फिर्ता लिन र खाद्यवस्तुमा भएको मुल्यवृद्धि तथा कालोबजारी नियन्त्रण गर्न माग गरेका हुन्।
नेपाल आयल निगमले यसै महिनामा मात्र तीन पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिसकेको छ। उसले यसैसातामा सोमबार मात्र आइओसीबाट मूल्य बढेर आएको भन्दै मुल्य वढाएको छ।
प्रतिक्रिया