लेटेस्ट न्युज
advertisement1

बबई बहुमुखी क्याम्पसमा सुन्दरम गुप्ता विजयी

Maryada News 2025-04-01 13:47:05
बबई बहुमुखी क्याम्पसमा सुन्दरम गुप्ता विजयी

बर्दिया, मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतको बबई बहुमुखी क्याम्पसमा सोमबार सम्पन्न निर्वाचनमा संयुक्त प्यानलका तर्फबाट नेपाल विद्यार्थी संघका सुन्दरम गुप्ता विजयी भएका छन् ।

नेपाल विद्यार्थी संघकातर्फबाट उम्मेदवार बनेका गुप्ताले तीन सय ४१ मत प्राप्त गरेर विजयी भएका हुन् ।

यससँगै बबई बहुमुखी क्याम्पसमा नेविसंघ पुनः २० वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनमा फर्किएको छ ।

यस अघिका निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले कब्जा जमाउदै आएको बबई बहुमुखी क्याम्पसमा सोमबार सम्पन्न निर्वाचनबाट नेविसंघ स्व्तन्त्र विद्यार्थी युनियनमा फर्किएको हो ।

यसैगरी, उनका प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेदवार लक्ष्मण भण्डारीले दुई सय ६७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, सचिवमा आखिल क्रान्तिकारीका देवेन्द्रबहादुर थापाले तीन सय ८६ मत प्राप्त गरेर विजयी भएभने उनका प्रतिद्वन्द्वी निशाकमारी चौधरीले दुई सय १७ मत प्राप्त गरेका छन् ।

यसैगरी, कोषाध्यक्षमा नागरिक विद्यार्थी समाजका सोनम थारु तीन सय ६१ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी पारसकुमार बानियाले दुई सय २९ मत प्राप्त गरे ।

यसैगरी, सदस्यामा अञ्जली पाण्डे, प्रदिप बुढाथोकी, मो।असिफ गद्धी, शिवानन्द यादव विजयी भए ।

समानुपातिकतर्फ नेपाल विद्यार्थी संघले दुई सय ५०, अनेरास्ववियुले दुई सय २३ र अखिल क्रान्तिकारीले एक सय २८ मत प्राप्त गरेका छन् भने समानुपातिकतर्फ १७ मत बदर हुदा प्रत्यक्षतर्फ भने सात मत बदर हुँदा कुल मतदाता सात सय ६७ रहे पनि जम्मा मत छ सय १७ मत खसेको थियो ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको तर्फबाट उम्मेदवारी दिएका सुन्दरम गुप्तालाई माओवादी निकट अखिल क्रान्तिकारी, नागरिक उन्मुक्ति पार्टी निकट नागरिक विद्यार्थी समाज र समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले समर्थन गरेका थिए भने एमाले निकट अखिल नेपाल राष्ट्रि स्वतन्त्र विद्यार्थी युनियनका लक्ष्मण भण्डारीलाई नेकपा माओवादी निकट अखिल समाजवादीले समर्थन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्