लेटेस्ट न्युज
advertisement1

सुनको मूल्यमा रेकर्ड ब्रेक, पुग्यो अहिलेसम्मकै उच्च

Maryada News 2025-03-28 13:16:10
सुनको मूल्यमा रेकर्ड ब्रेक, पुग्यो अहिलेसम्मकै उच्च

काठमाण्डू, नेपाली बजारमा शुक्रबार सुनको मूल्यले रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य बिहीबारको तुलनामा तोलामा १ हजार ४ सय रुपैयाँले बढेर १ लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

जुन अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि ६ चैतमा तोलाको १ लाख ७६ हजार रुपैयाँमा कारोबार हुँदै सुनको मूल्यले रेकर्ड कायम गरेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्