अनुदानको रासायनिक मल वितरणबारे जानकारी दिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कल सेन्टर स्थापना गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीका अनुसार मल आपूर्ति र वितरणलाई अझ पारदर्शी बनाउने बारेमा सर्वसाधारणलाई जानकारी गराउने व्यवस्था सुरु गरेको हो।
उनका अनुसार कृषकले मन्त्रालयमा स्थापना गरिएको कल सेन्टरको पैसा नलाग्ने टोल फ्री नम्बर ०१–४२११४७६ मा कार्यालय समयभित्र फोन गरेर नजिकमा रहेको मल विक्रेताको विवरण प्राप्त गर्न सक्ने छन्।
टोल फ्री नम्बरमा सम्पर्क गरेर नजिककै डिलरले प्राप्त गरेको मलको कोटा सम्बन्धी विवरण र उक्त डिलरले प्रत्येक दिन बिक्री गरेको मलको विवरण समेत प्राप्त गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया