काठमाडौँ: कवि मीनकुमार नवोदितको तेस्रो कवितासङ्ग्रह ‘समयको बयान’ सार्वजनिक भएको छ । वरिष्ठ कवि तुलसी दिवसलगायत स्रष्टाहरूले राजधानीमा आयोजित एक समारोहमा कृतिको संयुक्त लोकार्पण गर्नुभयो ।
साहित्यिक पत्रकार संघद्वारा आयोजित उक्त कार्यक्रममा वरिष्ठ कवि दिवसले ‘समयको बयान’मा नवोदितले आफ्नो निजत्वलाई मौलिक र नवीन ढंगले सशक्त रूपमा अघि बढाएको बताउँदै उनका कवितामा समय हिंडेको र स्थान गतिशील भएको पाइन्छ भन्नुभयो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य प्रा. डा. हेमनाथ पौडेलले कवि नवोदितका कविता समयको यथार्थलाई बोध गरेर लेखिएका बेजोड कविता हुन् भन्नुभयो । समालोचक प्रमोद प्रधानले कवि नवोदितको दुई दशक लामो काव्य र पत्रकारिता यात्राको चर्चा गर्दै उनका कविता शब्दको जोड घटाउ मात्र नभएर काव्य चेतनाको स्तरले उच्च रहेको बताउनुभयो ।
समालोचक ज्ञानु अधिकारीले नवोदितका कवितामा समय, सम्बन्ध र स्मृति बिम्ब पाइने धारणा राख्नुभयो ।कार्यक्रममा आयोजक संस्थाका सदस्य डा। दामोदर पुडासैनी ‘किशोर’ले स्वागत भाषण गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कवि मनोज न्यौपानेले गर्नुभएको थियो ।
‘समयको बयान’ कवितासङ्ग्रह रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो । स्तरले उच्च रहेको बताउनुभयो । समालोचक ज्ञानु अधिकारीले नवोदितका कवितामा समय, सम्बन्ध र स्मृति बिम्ब पाइने धारणा राख्नुभयो ।
प्रतिक्रिया