मंगलादेवी सिंह फाउन्डेसनले पद्मकन्या बहुमुखी क्याम्पसमा ५ लाख राशीको अक्षयकोष स्थापना गरेको छ।
फाउन्डेसनका तर्फबाट सिर्जना सिंहले अक्षय कोषका लागि ५ लाख राशीको चेक क्याम्पस प्रमुखलाई हस्तान्तरण गरेकी छन्।
पद्मकन्या क्याम्पसमा एक कार्यक्रम गरी अक्षयकोष स्थापना गरिएको हो।
पद्मकन्याको राजनीति शास्त्रका विद्यार्थीका लागि प्रत्येक वर्ष अक्षयकोषबाट छात्रवृत्ति दिइनेछ।
क्याम्पस प्रमुख जयालक्ष्मी प्रधानले अक्षयकोष स्थापनाले आफूहरू उत्साही भएको भन्दै फाउउनले पद्मकन्या स्थापनामा समेत मंगलादेवीको भूमिका महत्त्वपूर्ण रहेको बताइन्।
फाउन्डेसनको तर्फबाट सिर्जना सिंहले नेपालको राजनीतिमा मंगलनलेवीको भूमिका महत्त्वपूर्ण रहेको बताइन्।
महिलाहरूका लागि छुट्टै विद्यालय र क्याम्पस स्थापनाका लागि मंगलादेवीले गरेको संघर्षको उनले चर्चा गरेकी थिइन्।
प्रतिक्रिया