काठमाडाैंः गैँडा गणनाका क्रममा गत शुक्रबार धुर्बे हात्तीले लखेटेपछि खसेर गम्भीर घाइते भएका ३५ वर्षीय विनोद श्रेष्ठको उपचारका लागि वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले व्यक्तिगत तर्फबाट रु एक लाख उपचार खर्च प्रदान गरेका छन्।
हात्तीको आक्रमणबाट घाइते श्रेष्ठको उपचार भइरहेको काठमाडौँको ह्याम्स अस्पतालमा पुगेर मन्त्री आलेले उक्त रकम प्रदान गरेका हुन्। श्रेष्ठको सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्नेसमेत मन्त्री आलेले जानकारी दिए।
उनले भने, “गैँडा गणनामा हात्तीको आक्रमणबाट श्रेष्ठ जी घाइते हुनुभएको छ, मैले पनि उपचारका लागि रु एक लाख सहयोग गरेको छु, उहाँको उपचारको सम्पूर्ण खर्च मन्त्रालयले व्यहोर्ने छ।”
प्रतिक्रिया