लेटेस्ट न्युज
advertisement1

‘महिला आयोगमा जाँदा न्याय पाइन्छ’  

Maryada News 2021-03-03 21:10:40
‘महिला आयोगमा जाँदा न्याय पाइन्छ’  

काठमाडौँ  : राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले आफ्नो कार्यकालमा ‘महिला आयोगमा जाँदा न्याय पाइन्छ’ भन्ने विश्वास दिलाउने गरी काम गर्ने बताएकी छन् । आयोगले १११औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आज आयोजित पत्रकार– अन्तर्कृया कार्यक्रममा उनले आयोगबाट हिंसामा परेका महिलाले न्याय पाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।     
     
अध्यक्ष पराजुलीले जनसङ्ख्याका आधारमा आधा हिस्सा ओगटेका महिलाको विषयमा सबैले गम्भीरतापूर्वक सोच्नुपर्ने र महिलामाथि हिंसा गर्ने पीडितलाई दोषी ठहर गर्ने अभियानसमेत सञ्चालन गर्ने तयारी रहेको योजना  सुनाइन् ।  उनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग छलफल गरी महिला हिंसाका बारे बालबालिकालाई जानकारी दिन पाठ्यक्रममा नै समावेश गर्न सुझाव दिइएको जानकारी दिइन् ।   
     
अध्यक्ष पराजुलीले बालिका र किशोरीमाथि विद्यालय, कार्यस्थल वा परिवारकै आफन्तबाट नै हिंसाका घटना आउने गरेको हुँदा हिंसामुक्त समाज निर्माणका लागि सचेतना कार्यक्रम नै सञ्चालन गर्नुपर्ने जरुरी रहेको बताईन् । 
     
 सञ्चारिका समूहका अध्यक्ष नितु पण्डित, पूर्वाध्यक्ष निर्मला शर्मा, क्रियाशील पत्रकार समूह ९डब्लुडब्लुजे० का अध्यक्ष निर्मला आचार्य, नेपाल पत्रकार महासङ्घका सचिव लक्ष्मी पुनलगायतले महिला हिंसाको घटना न्यूनीकरणका लागि आयोगले काम गर्नुपर्ने र त्यसका लागि पत्रकारिताका क्षेत्रबाट गर्नसक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
     
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्