लेटेस्ट न्युज
advertisement1

फेरि बढ्यो काठमाडौंको प्रदूषण, सतर्क रहन अनुरोध

Maryada News 2021-04-12 10:17:15
फेरि बढ्यो काठमाडौंको प्रदूषण, सतर्क रहन अनुरोध

काठमाडौं : एक साताअघिदेखि जारी काठमाडौंको वायु प्रदूषण अझै घट्न सकेको छैन । केही दिनअघि अत्याधिक रुपमा बढेको वायु प्रदूषण केही सामान्य देखिएपनि फेरि बढेको छ ।  आज बिहान काठमाडौंको वायु प्रदूषण अत्यन्त अस्वस्थकर देखिएको जनाइएको छ ।

काठमाडौँमा प्रदूषणको मात्रा १८९ एक्युआई पुगेको प्रदूषणसम्बन्धी जानकारी दिने स्विट्जरल्याण्डको एक्युएयरले जनाएको छ । यस्तै आज सबैभन्दा बढी प्रदूषण भारतको राजधानी नयाँ दिल्लीमा देखिएको छ । त्यहाँ प्रदूषणको मात्रा २०० एक्युआई पुगेको छ ।

२०० भन्दा माथिको प्रदूषणलाई घातक मानिन्छ । काठमाडौँको अहिलेको अवस्था अत्यन्त अस्वस्थकर रहेकाले सतर्क र सुरक्षित रहन जनस्वास्थ्यविज्ञहरूले सुझाव छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्