लेटेस्ट न्युज
advertisement1

कोरोना नियन्त्रणमा नआउँदै रोजगारीका लागि विदेश जाने युवा वढे

Maryada News 2021-02-18 11:11:52
कोरोना  नियन्त्रणमा नआउँदै रोजगारीका लागि विदेश जाने युवा वढे

सुर्खेत– विश्वभर फैलिएको कोरोना भाइरसको महामारी पूर्णरुपमा नियन्त्रणमा नआउँदै रोजगारीका लागि तेस्रो मुलुक जाने नेपालीको क्रम फेरी सुरु भएको छ। नेपालमा भर्खर खोप अभियान शुरु भए पनि कोरोनाको सन्त्रास कायमैै रहेका बेला वैदेशिक रोजगारीका लागि युवाहरुको तयारी वढेको छ। 

कोरोना महामारी शुरु भएयता कर्णाली प्रदेशको सदरमुकामसमेत रहेको सुर्खेतका एक हजार ३७३ युवाले राहदानी लिएका छन्। तीमध्ये ४९२ ले दु्रत माध्यमबाट राहदानी लिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ। कार्यालयका सूचना अधिकारी श्रीशम्शेर रानाले स्वदेशमा रोजगारीका अवसर नभएकाले युवा विदेशिने क्रम नरोकिएको बताए।

‘कोरोना महामारीमा घर फर्केका पनि महामारी नसकिँदै विदेशतिर गएको पाइयो, उनले भने, ‘गाउँघरमै रोजगारीको भरपर्दो अवसर पाएको भए विदेश जाने क्रम केही रोकिन्थ्यो होला।’ विदेशबाट फेर्केका युवालाई लक्षित गरी आयआर्जन तथा रोजगारीका कार्यक्रम सञ्चालन गर्न ढिलाइ गर्दा युवा पुनः विदेशतर्फ लागेको उनको भनाइ छ। 

छ महिनामा कर्णालीका २०० बढीले पुनः श्रम स्वीकृति लिए

त्यस्तै श्रम तथा रोजगार कार्यालयले पछिल्लो छ महिनामा कर्णालीका २०० भन्दा बढी युवाले पुनः श्रम स्वीकृति लिएको जनाएको छ। 

पछिल्लो तीन वर्षको तथ्याङ्कलाई केलाउने हो भने कर्णालीबाट पुनः श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या बढ्दो छ। श्रम तथा रोजगार कार्यालयका अनुसार आर्थिक वर्ष २०७५-०७६ मा ९२६ ले श्रम स्वीकृति लिएका छन्। 

कार्यालय प्रमुख सुनिता दर्लामीले यो सङ्ख्या बढेर गत आर्थिक वर्ष २०७६-२०७७ मा दुई हजार २६ ले पुनः श्रम स्वीकृति लिएको जानकारी दिईन्। 

पुनः श्रम स्वीकृति लिनेमा संयुक्त अरब इमिरेट्स, साउदी अरब, दुबई, कतार, मलेशियालगायत खाडी मुलुक जाने छन्। खाडी मुलुकमात्र नभई छिमेकी मुलुक भारतमा रोजगारीका लागि जानेको सङ्ख्या पनि बढी छन्।

uba

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्