लेटेस्ट न्युज
advertisement1

विश्वकै प्रदूषित शहरको नवौँ स्थानमा ‘काठमाडौँ’

Maryada News 2021-11-20 18:01:22
विश्वकै प्रदूषित शहरको नवौँ स्थानमा ‘काठमाडौँ’

काठमाडौँ : विश्वकै प्रदूषित शहरको नवौँ नम्बरमा नेपालको राजधानी काठमाडौँ परेको छ । वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा नेपालको काठमाडौं विश्वकै प्रदूषित शहरको नवौँ नम्बरमा रहेको हो ।

पाकिस्तानको लाहोर विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा छ । त्यहाँ वायु गुणस्तर सूचकांक पिएम–२.५ (पार्टिकुलेट म्याटर)को मात्रा प्रतिघन्टा ४०७ माइक्रोग्राम प्रतिघनमिटर छ । जुन घातक हो ।

नेपालमा पनि यो सूचकांक पाँच सयसम्म नाघ्ने गरेको छ । यद्यपि, शनिबार बिहान १०ः३० बजे काठमाडौंमा पिएम–२.५ को मात्रा प्रतिघन्टा १६५ सम्म पुगेको आइक्युएरको तथ्यांकमा उल्लेख छ । यो सूचकांक १५१ नाघेमा अस्वस्थकर मानिन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्