बाँके : आफ्नै २३ वर्षीया बुहारीलाई मट्टीतेल छर्कि आगो लगाई फरार अभियुक्त नरैनापुर गाउँपालिका - २ बस्ने ७५ वर्षीय हनिफ शेष ढपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
दाईजोको निहुँमा २०७० चैत २ गते बुहारीलाई मट्टीतेल छर्कि आगो लगाई ज्यान मार्ने उद्योग गरेको मुद्दामा फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय भगवानपुर बाँकेबाट खटिएको प्रहरीले सोही गाउँपालिका -१ सुईयामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
हाल फरार रहेका पीडितका श्रीमान र सासुको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रतिक्रिया