काठमाडौँ : शुक्रवार २९६ जना संक्रमित थपिएका छन् । थपिएका २९६ सङ्क्रमितसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ५३९ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ९७२ जनामा कोरोना परीक्षण गर्दा यति पुष्टि भएको हो । शुक्रवार थपिएकासँगै नेपालमा सङ्क्रमण दर १८ प्रतिशत पुगेको छ ।
मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणबाट शुक्रवार पाँच जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ४९४ जनाको निधन भएको छ ।
पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा २०० भन्दा बढी संक्रमित भएका जिल्ला नौ रहेका छन् । ती जिल्लामा मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, पूर्वी नवलपरासी, रुपन्देही, बाँके र कैलाली रहेका छन् ।
शुक्रवार संक्रमति शून्य रहेका जिल्ला पाँच पुगेको छ । ओखलढुङ्गा, मनाङ, हुम्ला, जाजरकोट र मुगु जिल्लामा संक्रमित सङ्ख्या शून्य रहेका छन् ।
पछिल्लो २४ घण्टामा ३६९ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट लाभ लिई घर फर्किएका छन् ।योसँगै अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९९ हजार ५४५ जना रहेका छन् ।
नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ । होम आइसोलेसन सात हजार ६०, संस्थागत आइसोलेसनमा ४७९, सघन उपचार कक्ष (आइसियु)मा २३१ र भेन्टिलेटरमा ५६ जना उपचाररत छन् ।
यस्तै शुक्रवार एक लाख ७३ हजार ४९८ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म ९० लाख ८१ हजार ६५४ ले पहिलो मात्रा र ७८ लाख एक हजार ५०६ जनाले पूर्ण मात्राको खोप लगाएका छन् ।
प्रतिक्रिया