लेटेस्ट न्युज
advertisement1

आज अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर मनाइँदै

Maryada News 2021-03-08 10:03:46
आज अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर मनाइँदै

काठमाडौं : आज १११औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी विश्वभर मनाइँदै छ । आज, ८ मार्चका दिन विश्वले मनाइरहेको नारी दिवसको नारा ‘नेतृत्वमा महिला : कोभिड–१९ का बेला समान भविष्यको प्राप्ति’ रहेको छ ।

कोरोना महामारीले विश्वका महिला तथा किशोरी बढी प्रभावित छन् भन्ने निष्कर्षका साथ राष्ट्रसंघले यो नारा ल्याएको प्रस्ट छ । सार्वजनिक जीवन र निर्णयकर्ताका रुपमा महिला नरहेकै कारण महामारीका बेला उनीहरू बढी विभेद र समस्यामा परेको यूएन विमेनको निष्कर्ष छ । 

हालै प्रकाशित राष्ट्रसंघीय महासचिवको प्रतिवेदनले पनि लैंगिक समानताका लागि महिलालाई नेतृत्वमा ल्याउनु अनिवार्य ठहर गरेको छ । नेपाललगायत विश्वका २२ मुलुकमा हालको अवस्थामा महिला राष्ट्रप्रमुख वा सरकार प्रमुख रहेका छन् । विश्वका संसद् सदस्यमा करिब २५ प्रतिशत संख्या महिलाको छ । 

यही गतिले महिला नेतृत्व तहमा पुग्ने हो भने लैंगिक समानताका लागि अर्को १ सय ३० वर्ष लाग्ने यूएन विमेन जानकारी गराउँछ । त्यसैले लैङ्गिक समानताका पक्षमा काम गर्न गति बढाउनुपर्ने ठहर उसले गरेको छ । कोभिड महामारीका बेला महिलाले स्वास्थ्यकर्मी, वैज्ञानिक, हेरचाहकर्ता आदि बनेर अग्रस्थानमा काम गरेको तर पुरुषको तुलनामा ११ प्रतिशत न्यून पारिश्रमिक पाएको पनि यूएन विमेनले आफ्नो प्रतिवेदनमा जनाएको छ ।

आज नेपालमा पनि यस अवसरमा देशैभर कार्यक्रम भइरहेका छन् ।  १११औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख  प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालगायतले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएकी छन्।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरूलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरूद्ध हुने हिंसा अन्त्य गर्न सशक्तिकरण गर्ने सरकारको अभियानमा सबै एक भएर लाग्न आग्रह गरेका छन्।

भने, देउवाले शुभकामना सन्देशमार्फत् अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्