काठमाडाैंः माैसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनकाे माैसम विवरण सार्वजनिक गरेकाे छ। हाल देशैभर मनसुनी वायुकाे प्रभाव रहेकाे कारण आगामी तीन दिन देशैभर वर्षा हुने भएकाे छ।
महाशाखाका अनुसार आज प्रदेश नम्बर २ का केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेकाे छ भने आज दिउँसाे भीषण वर्षाकाे सम्भावना रहेकाे छ। यस्तै गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका विभिन्न स्थानमा पनि भीषण वर्षा हुने सम्भावना रहेकाे छ।
बुधबार भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षा हुने महाशाखाले पूर्वानुमान गरेकाे छ। बिहीबार पनि देशैभर सामान्यदेखि पूर्ण बदली भई बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षा हुने जनाइएकाे छ। यस्तै बिहीबार राति भने प्रदेश १ र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षा हुनेछ।
महाशाखाले आगामी २४ घण्टाका लागि प्रदेश नम्बर २, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सतर्कता अपनाउनसमेत अनुराेध गरेकाे छ।
प्रतिक्रिया