काठमाडौं : सञ्चारकर्मी रूपा सुनारको चरित्र हत्या गरेको र अफवाह फैलाउने किसिमको सामग्री सम्प्रेषण गरेको भन्दै केही अनलाइन पोर्टलले बन्द गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिल नेपालले पत्राचार गरेको छ।
६ वटा अनलाइन नेपालभित्र खुल्न नसक्ने बनाउन काउन्सिलले प्राधिकरणलाई पत्र पठाएको हो। ती अनलाइनमा कालापानीपोष्ट डटकम, मिडिया२०पोष्ट डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, आजकोनयाँ डटकम, साझामिडिया डटकम र खबरमाला डटकम छन्।
सञ्चारमाध्यमको आवरणमा आफूविरुद्ध गलत अफवाह फैलाएको भन्दै सुनारले काउन्सिलमा उजुरी दिएकी थिइन्। १३ असारमा सुनारले उजुरी दर्ता गराएपछि काउन्सिलले अनुगमन गरेको थियो। अनुगमनबाट ती ६ वटै वेबपोर्टल नियमानुसार दर्ता भएको काउन्सिलको अभिलेखमा देखिन नआएकोले नेपालभित्र प्रकाशन–प्रशारण हुन नसक्ने व्यवस्था मिलाइदिन प्राधिकरणलाई पत्राचार गरेको हो।
प्रतिक्रिया