लेटेस्ट न्युज
advertisement1

कोरोना सङ्क्रमित खोज्न घरघरमा स्वास्थ्यकर्मी

Maryada News 2021-05-20 17:07:11
कोरोना सङ्क्रमित खोज्न घरघरमा स्वास्थ्यकर्मी

डोटी : जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै जान थालेपछि यहाँका स्थानीय तहले स्थानीयका घरघरमा गएर सङ्क्रमितको खोजी गर्न थालेका छन् । यहाँका नौवटा स्थानीय तह दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, आदर्श गाउँपालिका, सायल, पूर्वीचौँकी, बोगटान फुड्सिल, केआइसिंह, बडिकेदार तथा जोरायल गाउँपालिकाले पछिल्लो समय आफ्ना वडामा रहेका नागरिकको घरैमा गएर कोरोना जाँच गर्न थालेका छन् । यहाँका स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीले घरघरमा गएर बिरामीको एण्टिजेन परीक्षण गर्न थालेका बताइएको छ । जिल्लामा हालसम्म सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५५२ पुगेको छ भने पाँच जनाको ज्यान गइसकेको छ ।

त्यसमा १७ जना मात्रै निको भएर घर फर्किएका छन् । पछिल्लो समय कोरोना महामारी समुदायस्तरमै फैलिन थालेपछि यहाँका स्थानीय तहका स्वास्थ्यकर्मीको सहयोगमा गाउँगाउँमा स्वास्थ्यकर्मी गएर सङ्क्रमितको खोजी गर्न थालिएको जिल्ला अस्पतालका सुपरिटेण्डेन्ट कृष्णराज जोशीले बताए । उनले भने, “समुदायमा कोरोना सङ्क्रमण फैलिएको पाइएपछि हामीले स्थानीय तहका स्वास्थ्यकर्मीको सहयोगमा घरघर गएर सङ्क्रमितको खोजी गर्दै उपचार गर्न थालेका छौँ ।”

कोरोना सङ्क्रमिण्तको खोजीसँगै यहाँका स्थानीय तहका स्वास्थ्यकर्मीले आ–आफ्ना पालिका तथा वडामा स्वास्थ्य सेवालाई समेत प्रभावकारी बनाउन थालेका छन् । समुदायमा कोरोना सङ्क्रमणको अवस्था र जनताको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कोरोना परीक्षण, स्वास्थ्य सामग्री र औषधि वितरणजस्ता कार्यक्रमलाई अगाडि बढाएको जोरायल गाउँपालिकाका स्वास्थ्य संयोजक गोविन्दबहादुर विष्टले जानकारी दिए ।     
     
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्