काठमाडौँ : बाराको महागढीमाई नगरपालिका–१ बरियारपुर बजारमा आगलागी हुँदा २ लाख ४० हजार मूल्य बराबरको क्षति भएको छ । गयराती करीब १ बजे उपेन्द्र कुमार गुप्ताको टायलले छाएको घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको थियो ।
आगलागीबाट उपेन्द्र सहित तीन जनाको पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । ३ वटै पसलमा गरी अन्दाजी २ लाख ४० हजार मूल्य बराबरको समान जलेर नष्ट भएको अनुमान प्रहरीले गरेको छ ।
आगलागीबाट विश्वनाथ कुशवाहाको सागर मोबाइल सेन्टर, जितेन्द्र कुशवाहाको टिभी पसल र उपेन्द्रको घरमा भएका सामग्रीमा क्षति भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया