काठमाडौं - सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएपछि नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ।
अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।
पार्टी सभापति देउवा निवास बुढानिलकण्ठमा बिहीबार दिउँसो ३ बजेका लागि पदाधिकारी बैठक बोलाइएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए।
यसअघि बुधबार नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बुढानिलकण्ठै पुगेर देउवालाई मिलेर जान प्रस्ताव गरेका थिए।
देउवाले पार्टीमा छलफल गरेपछि मात्रै आफूले निर्णय दिन सक्ने जवाफ दिएका थिए।
प्रतिक्रिया