लेटेस्ट न्युज
advertisement1

रेणुका सोलुको ‘किन लाग्यो इन्द्रेणी’ सार्वजनिक

Maryada News 2021-11-13 23:52:01
रेणुका सोलुको ‘किन लाग्यो इन्द्रेणी’ सार्वजनिक

काठमाडौँ : सोलुखुम्बु सोताङमा जन्मीएका साहित्यकार तथा गीतकार डा.रेणुका सोलुको गीत ‘किन लाग्यो इन्द्रेणी’सार्वजनिक भएको छ । गीतको औपचारिक कार्यक्रममार्फत नै शनिवार काठमाडौँमा सार्वजनिक गरिएको हो । 

डा. रेनुकाको शब्द रहेको गीतमा गायक स्वरूपराज आचार्यले स्वर भरेका छन् । गीतमा सङ्गीत आरसी थापाले भर्दा एरेन्जको काम फणिन्द्र राईले गरेका छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टीका अध्यक्ष गीता खत्री र वरिष्ठ नाटककार अशेष मल्लद्वारा सार्वजनिक गरिएको गीतको भिडियोसमेत बनेको छ ।
भिडियोमा रक्षा थापा बस्नेतसँगै अनुप न्यौपाने, देवना राई फीचर्ड छन् ।

गीत सार्वजनिक गर्दै नाटककार मल्ल र अध्यक्ष खत्रीले समग्रमा गीत / भिडियो राम्रो बनेको बताए । नाटककार मल्लले भने, ‘यो सिर्फ एउटा गीत र भिडिओ मात्रै होइन, यो नयाँ पुस्ता तयार हुँदैछ भन्ने प्रमाण पनि हो ।’ उनले खासगरी रक्षाको प्रशंसा गरे । भने ‘रक्षा कलाकारिताको क्षेत्रमा देशको भविष्य हुन् । उनको भविष्य राम्रो छ ।’

कार्यक्रममा दोलखा जापान सेवा समाजका निवर्तमान अध्यक्ष नवराज थापा, डेमोक्रेटिक सोसाइटी कीर्तिपुरका अध्यक्ष बलबहादुर थापा, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका कोषाध्यक्ष कुलराज थापा, समाजसेवी अनन्ता थापा, सगरमाथा प्रतिभा प्रतिष्ठानका महासचिव केशव गिरी, गायक तिलक बस्नेत, कलाकार प्रकाश बस्नेत, सञ्चारकर्मीद्वय शिखर गजरकोटे र धनबल राई, कलाकारहरू रक्षा थापा बस्नेत, अंकित खड्का, अनुप न्यौपाने, उमेश पोखरेल, चे शंकर, पुरन ओली, मिलन कार्की, अविषेक चित्रकार, आयुष कार्कीलगायतको उपस्थिति थियो ।

भिडियो हेर्नुहोस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्