लेटेस्ट न्युज
advertisement1

निफ्राको लाभांश संशोधन, ८ प्रतिशत बोनस सेयर दिने

Maryada News 2021-10-11 13:13:56
निफ्राको लाभांश संशोधन, ८ प्रतिशत बोनस सेयर दिने

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले यस अघि घोषणा गरेकोे लाभांश संशोधन गरेको छ । कम्पनीको असोज २४ गतेको सञ्चालक समितिको बैठकले सोही पूँजीको आधारमा गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यसअघि साढे आठ प्रतिशत नगद लाभांश घोषणा गरेको  कम्पनीले नेपाल राष्ट्र बैैंकको निर्देशनबमोजिम लाभांश प्रस्ताव संशोधन गरेको हो । संशोधित लाभांश अनुसार कम्पनीले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८ करोड ४२ लाख १० हजार ५२७ बराबरको नगद लाभांश वितरण गर्ने भएको छ । 

संशोधित लाभांश अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । हाल कम्पनीको चुक्तापूँजी २० अर्ब रुपैयाँ रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्