काठमाडौं : नेपाल पत्रकार महासंघको निर्वाचनको मिति नजिकिन थालेको छ । आसन्न नेपाल पत्रकार महासंघको निर्वाचन आचार संहिता पनि जारी गरी सकेको छ ।
जारी आचारसंहिता अनुसार निर्वाचनमा मतदानका बेला क्यामेरा,रेकर्डर र मोबाइल फोन लिएर जान पाइने छैन । मतदाताले निर्वाचन समितिद्वारा जारी भएको परिचयपत्र वा मतदाता परिचयपत्र वा महासंघले जारी गरेको परिचयपत्रका आधारतमा मतदान गर्न पाउने छन् ।
निर्वाचनमा मतदान प्रकृया सुरु भएपछि मतदानस्थल परिसरभित्र प्रचार प्रसार गर्न, नाराजुलुस गर्न, भाषण गर्न,पोष्टर टाँस्न,पर्चा पम्प्लेट वितरण गर्न पाइने छैन । महासंघको नयाँ नेतृत्वको लागि जिल्लादेखि केन्द्रसम्म बैशाख २५ गते निर्वाचन हुँदैछ । महासङ्घको यस वर्षको निर्वाचनमा १३ हजार १२२ मतदाता छन् । केन्द्रीय समितिका ४९ पदाधिकारीका लागि १५२ जनाको उम्मेदवारी परेको छ ।
प्रतिक्रिया