advertisement1

एमाले शीर्ष नेताहरुद्धारा महाधिवेशन स्थलको अवलोकन

2021-11-11 15:41:04
एमाले शीर्ष नेताहरुद्धारा  महाधिवेशन स्थलको अवलोकन

काठमाडौँ : नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन हुने स्थलको अवलोकन गरिएको छ । बिहीबार नेकपा एमालेका शीर्ष नेताहरुद्धारा महाधिवेशन आयोजना हुने स्थलको अवलोकन गरिएको हो । 

पार्टी महासचिव ईश्वर पोखरेलसहित उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, सचिव योगेश भट्टराई, महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा, स्थायी कमिटी सदस्य एंव सहसंयोजक सुरेन्द्र पाण्डे, नेताहरु राजन भट्टराई, कार्यालय सचिव शेरबहादुर तामाङ लगायतले नारायणी नदी किनारको स्थलगत अवलोकन गरेका हुन् ।

एमालेको राष्ट्रिय महाधिवेशन मंसीर १०–१२ गते चितवनमा हुँदैछ । महाधिवेशनका लागि एमालेले तयारी तीव्र पारेको छ ।

उद्घाटन समारोहमा पाँच लाखलाई उतार्ने भनेको नेकपा एमालेले मञ्च व्यवस्थापन लगायतको तयारी गरिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्